काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँगको छलफलमा शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्द्धनलाई सरकारले प्राथमिकतामा राखेकोले ती समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको वर्तमान अवस्थाका बारेमा जानकारी लिएको नेपाल तयारी पोशाक उद्योग संघका पशुपतिदेव पाण्डेले बताए ।
सन् २००५ अघिको अवस्थामा जस्तै नेपाली तयारी पोशाक उद्योगलाई पुनर्जीवित गरी देशको अर्थतन्त्रलाई सबल बनाउने विषयमा गहन छलफल भएको उनले बताए । छलफलका क्रममा मन्त्रालयमा रोकिएका र अड्केका समस्याहरूलाई तुरुन्तै बैठक बसी समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको पाण्डेको भनाइ छ ।
प्रधानमन्त्री शाहले २०औँ वर्षदेखि बन्द रहेका तयारी पोसाकका रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने योजना रहेको सुनाएका छन् ।
साथै कपडारपोशाक उद्योगलाई सुदृढ बनाउन टेक्स्टाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गरिने उनको प्रतिबद्धता थियो ।










प्रतिक्रिया