संसदीय सुनुवाइ समितिकाे बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको हाे ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गरेकाकार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय समितिबाट प्रस्तावित ती पदहरुको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान छ ।