जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्रदेश सभामा आज अर्थमन्त्री युवराज भट्टराईले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
यो बजेट चालु आर्थिक वर्ष २०८२र८३ को तुलनामा घटेको देखिन्छ । चालु वर्षमा मधेस प्रदेशले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो, जुन यस वर्षको तुलनामा करिब १३ प्रतिशत बढी हो ।
आगामी बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ ९३५।९४ प्रतिशत र पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड रुपैयाँ ९६४।३६ प्रतिशत विनियोजन गरिएको छ।
बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख तथा गत वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ जुटाइने अनुमान गरिएको अर्थमन्त्री भट्टराईले जानकारी दिए।










प्रतिक्रिया