चुनावमा भाेट नहाल्ने कार्यकर्ताकाे खाेजी भैराकाे छ: माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले पार्टीमा रहेर  चुनावमा भोट नहाल्नेहरूको खोजी भइरहेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै चुनावमा साथ नदिने मान्छे कामकाजी नहुने उनको भनाइ छ।

उनले भने, ‘चुनावको समीक्षा गरिरहेका छौँ। हाम्रा कार्यकर्ताहरूले आफ्नो जिम्मेवारी पूरा गरे कि गरेनन्, मत खसाले कि खसालेनन् रु हामीभित्रै पनि मत नदिने विरोधीको पक्षमा लाग्नेहरू रहे, यसको पनि खोजी गर्नुपर्छ । खास बेलामा साथ नदिने मान्छे कामको हुँदैन।

सङ्कटको बेलामा साथ नदिने मान्छे आवश्यक नभएको बताए । उनले चुनावमा सुनामी चलेको बेलामा अन्य पार्टीका अध्यक्षहरूले नजितेको भएपनि पार्टी संयोजक प्रचण्डले जित्न सफल भएको भन्दै बधाई दिए । उनले राष्ट्रिय राजनीतिमा आफूहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उनले पार्टी गम्भीर समीक्षामा रहेको भन्दै एक साताभित्र एकता समायोजनको काम टुङ्ग्याउने तयारी भइरहेको बताए ।