सागर लम्साल`बले´ हाजिरी जमानीमा रिहा

काठमाडौं । कलाकार सागर लम्साल `बले´ हाजिरी जमानीमा रिहा भएका छन।

उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज परिवारको जिम्मा लगाएको हाे ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बले रिहा भएको पुष्टि गरेका छन् । उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।

अमेरिकामा बस्ने संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।