उपसभामुख निर्वाचनले राष्ट्रवादी शक्ति र आयातित शक्तिलाई छुट्याएकाे छ: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख चुनावले राष्ट्रवादी शक्ति र आयातित शक्तिलाई छुट्याउने दावी गरेका छन् । आज सदनमा बोल्दै उनले यस्तो दावी गरेका हुँ ।

उपसभामुखको मतदानपूर्व सभामुख डोलप्रसाद अर्यालले शाहीलाई आफ्नो पार्टीको उम्मेदवारी फिर्ता लिन समय दिएका थिए । तर शाहीले फिर्ता नलिने बताए ।

उनले भने, ‘यो उपसभामुखको चुनाव मात्र होइन, राष्ट्रवादी कित्ता र विदेशबाट आयातित व्यवस्थाको कित्ता क्लियर गर्ने भएको हुनाले फिर्ता नलिने जानकारी गराउँछु ।’

शाहीले आफ्नो उम्मेदवारलाई पछि हटाउन नचाहेपछि मतदान सुरु भएको छ ।