दुई मन्त्री नियुक्त

काठमाडौं । बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। नवनियुक्त दुवै मन्त्री रास्वपाका बहालवाला सांसद हुन् ।

उनीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

शपथ ग्रहणलगत्तै दुवै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने जनाइएको छ। यसअघि श्रम मन्त्रालय सम्हालेका दीपक शाह विवादमा परेपछि पदमुक्त भएका थिए। उद्योग मन्त्रालय भने यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै जिम्मेवारीमा राख्दै आएका थिए।