रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी विषयमा मुख्य छलफल हुने उनले बताए । बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।