राष्ट्रियसभाका उपाध्यक्ष भण्डारीले लिईन सपथ

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष लीलाकुमारी भण्डारीको शपथ लिएकी छन्। शीलतनिवासमा आयोजित शपथ समारोहमा अध्यक्ष नारायण दाहालबाट भण्डारीले शपथ लिएकी हुन्।

राष्ट्रियसभामा रहेका दलहरूबीच सहमतिपछि एमालेको तर्फबाट भण्डारी सहमतिमै उपाध्यक्ष चयन भएकी थिइन्।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, सभामुख डीपी अर्यालसहित उच्चपदस्थ सहभागी थिए।