राष्ट्रियसभाको उपाध्यक्षमा एमालेका लिला भण्डारी निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। आज बसेको राष्ट्रियसभाको बैठकले उपाध्यक्षमा भण्डारी निर्वाचित भएको घोषणा गरेको हो।

राष्ट्रियसभामा सहभागी रहेका दलहरुबीचको सहमति अनुसार नै उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। उनको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल हुन्।

समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमा रहेका थिए।