बलेलाई पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शनिबार कपनको बालुवाखानीस्थित घरबाट पक्राउ परेका ‘बले’लाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिइएको प्रहरीले जनाएको छ ।

अमेरिका बस्दै आएकी कलाकार संगम बिष्टले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलेले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । लगत्तै उनी पक्राउ परेका थिए।