ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। आज न्यायाधीश जगतबहादुर पौडेलको इजलासले चैत २१ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थपको अनुमति दिएको हाे ।

ओली र लेखक विरुद्ध थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्ने काम बाँकी रहेको देखिएकाले अनुसन्धानको प्रयोजनको लागि हिरासतमा राख्न मनासिव देखिँएको अदालतको आदेशमा उल्लेख छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गृहमन्त्रीको हैसियतमा उनको भूमिकामाथि प्रश्न उठाउँदै जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

ओली र लेखक दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।