नवनिर्वाचित सभामुख अर्यालले आज सपथ लिदै

काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।

नव निर्वाचित सभामुख अर्यालले आज दिउँसो २:३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थले सूचना जारी गर्दै सभामुखको शपथ कार्यक्रममा उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू र संसद् सचिवालयका सचिवहरूलाई आग्रह समेत गरेका छन् । शुक्रवार सभामुखको मनोनयन दर्ता गर्दा अर्यालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए । 

आज प्रतिनिधि सभाको बैठकबाट अर्याल निर्वाचित भएको प्रक्रिया पुरा गरेपछि शपथको कार्यक्रम हुने तयारी गरिएको छ ।