काठमाडौं । प्रहरीले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका अध्यक्ष इमानसिंह राईसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री र अविन कुमार राई तथा पूर्वलेखा सदस्य कर्ण राई पनि रहेका छन् ।
उनीहरु विभिन्न ठाउँबाट विभिन्न मितिमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी मनोहर भट्टले बताए ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।










प्रतिक्रिया