काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक भोलि दिउँसो २ बजेका लागि आह्वान भएको छ । संसद सचिवालयले पहिलो बैठकका सम्भावित कार्यसूची समेत सार्वजनिक गरेको छ ।
बैठकको सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा सुनाउने कार्यसूची रहेको छ ।
यस्तै राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र सुनाइने ५ ।
यस्तै बैठकमा तीन वटा अध्यादेश पनि पेश हुनेछन् । मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने सूची पनि छ । भने, सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ ।











प्रतिक्रिया