एमाले संसदीय दलकाे नेतामा बादल चयन

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन ।

पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए।

दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिममा फिर्ता भएपछि थापा चयन भएका हुन् ।