काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकी अमिशा पराजुली आफ्नो चरित्रहत्या गर्नेहरुविरुद्ध उजुरी हाल्न साइबर ब्यूरो गएकी छन् । उनी आमा,दिदीलगायत परिवारका सदस्यलाई लिएर उजुरी हाल्न आज साइबर ब्यूरो पुगेकी हुन् ।
उजुरी दर्ता गर्ने तयारी भइरहेको उनको आफन्तले बताइन् । ‘उजुरी दर्ता भइसकेको छैन । उजुरी लेखिसकेका छौं,अब दर्ता गर्छौं’,उनले भनिन् । ओलीको पक्राउविरुद्ध एमालेले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी उनी साइबर हिंसाको पीडित बनेकी छन् ।
उनलाई सामाजिक सञ्जालबाट यौनहिंसाको धम्की दिइएको छ । त्यसैगरी, अश्लिल शब्दको प्रयोग गर्दै उनको चरित्रहत्या गर्ने क्रम जारी छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्रहत्या गर्ने, यौनहिंसाको धम्की दिनेलाई कारबाही गर्न अमिशाले माग गरेकी छिन् ।










प्रतिक्रिया