एमालेले जस्ताे सडक आन्दोलनमा जादैनाै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता रमेश लेखक पक्राउको विरोधमा सडक आन्दोलनमा नजाने बताएको छ।

आज पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता देवराज चालिसेले आफूहरू विधिको शासन मान्ने बताए।

एमालेले पूर्वप्रधानमन्त्री केपी ओली पक्राउको विरोधमा देशभर सडक आन्दोलनमा गएको छ।  तर पूर्वगृहमन्त्री समेत रहेका लेखक पक्राउको विरोधमा सडक आन्दोलनबारे जाने सम्भावनाबारे उनले भने,  ‘अहिले त्यस्तो कुनै कार्यक्रम छैन। हामीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको हो। थप केही सोच्नुपर्‍यो भने फेरि निर्णय गरौँला।’