बालेन रास्वपाकाे संसदीय दलकाे नेता चयन

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र साह चयन भएका छन् ।

रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले साहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो । योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।