खाेटामा हेलिकप्टर दुर्घटना, एक घाइते

काठमाडौँ । खोटाङकाे केपीलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर सामान्य दुर्घटनामा परेको जानकारी दिइन्।

अर्को हेलिकप्टर मगाएर घाइते काजीबहादुर राई र चालकलाई काठमाडौं पठाइएको खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए । काठमाडौंमा स्थानीय मनलसी राईको निधन भएको र पारिवारिक संस्कारका लागि श्रीमान्, छोरा, सहित चर्चका पास्टर हेलिकप्टरमा खोटाङ आएका थिए । मनलसीको शव भने भोलि ल्याउने तयारी रहेको बताइएको छ ।

पास्टर काजीबहादुर गम्भीर घाइते भएको बताईएकाे छ ।