समानुपातिक सांसदकाे टुंगो लगाउन रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । हिजाेका लागि तय भएको बैठक आज बस्न लागेको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन्।

सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् ।

प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।