गाेकुलले गरे शेरबहादुर तामाङमाथि यस्ताे कटाक्ष

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीका नेता शेरबहादुर तामाङलाई २०३८ सालदेखिकै इतिहास पुनरावलोकन गर्न सुझाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आफ्नो र श्रीमतीको लागि गुट बदल्ने मात्रै होइन, पटकपटक पार्टी फुटाउसमेत पछि नपर्ने चरम अवसरवादी पात्र म होइन ।’

बास्कोटाले लेखेका छन्, ‘भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाइलागेछन् । म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटकपटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । २०३८ यताका इतिहस हेरौँ न ।

नेता शेरबहादुर तामाङले आफ्नो भूगोलमा मत जोगाउन नसक्नेहरुले नेतृत्वको राजीनामा माग्ने नैतिकता नहुने भन्दै एमाले नेतृत्वको आलोचनामा जवाफ दिँदा बास्कोटाले तामाङलाई जवाफ फर्काएका हुन् । तामाङ सिन्धुपाल्चोकका हुन् र बास्कोटा काभ्रेका । दुवै नेता पूर्वमन्त्री हुन् ।