काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर विजयी भएका छन्। यससँगै सुदूरपश्चिम प्रदेशमा एमालेले आफ्नो खाता खोल्न सफल भएको छ।
एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत पाएका छन्। महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका छन्।
त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो स्थानमा रहेकामा मीनबहादुर कुँवरले ९ हजार ७५७ मत पाएका छन्। रास्वपा उम्मेदवार शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरी चौथो स्थानमा रहेका छन् ।
यस निर्वाचन क्षेत्रमा सात जना उम्मेदवार प्रतिस्पर्धामा थिए। प्रारम्भिक मतगणनादेखि नै अग्रता बनाएका महरले अन्ततः स्पष्ट मतान्तरसहित विजय सुनिश्चित गरेका छन् ।










प्रतिक्रिया