प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर बलियो अग्रता बनाएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १६० निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा १०२ क्षेत्रमा रास्वपा अगाडि रहेको छ।
समानुपातिक तर्फ ५६ प्रतिशत ल्याएको छ । दुई तिहाइको बाटोमा रास्वपा दुई तिहाईको बाटोमा अघि बढेको छ ।आज बिहान ६ बजेसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेस १०, नेकपा (एमाले) १२ र नेपाली कम्युनिष्ट पार्टी ११ स्थानमा अग्रस्थानमा रहेका छन्। त्यस्तै श्रम संस्कृति पार्टी ३ क्षेत्रमा अग्रता बनाइरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र उम्मेदवार पनि एक–एक क्षेत्रमा अगाडि छन्।
यसैबीच हालसम्म २२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार रास्वपाले १६ स्थानमा जित हासिल गरेको छ। नेपाली कांग्रेसले ५ स्थानमा जित निकालेको छ भने नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन्।
रास्वपाबाट विजयी उम्मेदवार
निर्वाचन आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं. ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौँ १ मा रञ्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे र काठमाडौँ ४ मा पुकार बम विजयी भएका छन्।
यसैगरी काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट विजयी भएका छन्। कास्की २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ मा कन्हैया बानियाँ, बाँके १ मा सुरेशकुमार चौधरी र स्याङ्जा १ मा धनञ्जय रेग्मीले पनि जित हासिल गरेका छन्।
कांग्रेसका पाँच क्षेत्रमा जित
नेपाली कांग्रेसले हालसम्म पाँच क्षेत्रमा विजय हात पारेको छ। मनाङ १ मा टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली, दैलेख १ मा बासना थापा, तेह्रथुममा सन्तोष सुब्बा र रसुवामा मोहन आचार्य विजयी भएका छन्।
अन्य दलका विजेता
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ मा सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके क्षेत्र नं. १ मा मोहम्मद इश्तियाक राई विजयी भएका छन्।
देशभर मतगणना जारी रहेकाले आगामी केही घण्टामा थप निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ










प्रतिक्रिया