टिकटकमा हालेकाे भिडियाे डिलिट गरेर रिहा भए टिकटकर कार्की

चितवन । टिकटकर रतन कार्कीलाई मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर प्रही हिरासत मुक्त भएका छन् ।

मौन अवधिको समयमा भ्यूज बटुल्न चितवनका विभिन्न उम्मेदवारका भिडियो पोष्ट गरेका कार्कीलाई चितवन प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

चितवन प्रहरीका सूचना अधिकारी रविन्द्र खनालका अनुसार मौन अवधिमा पोष्ट गरेको सबै भिडियो तथा अन्य राजनीतिक प्रचार सामग्री समाजिक सञ्जालबाट हटाउन लगाएर कार्कीलाई घर पठाइएको हो ।