भोजपुरमा नेकपा र कांग्रेसका ६८ नेता कार्यकर्ता एमालेमा प्रवेश

भोजपुर । भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका दुईवटा गाउँबाट ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

भोजपुरको आमचोक गाउँपालिका ७ सागुरीमा नेकपा र कांग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । नेकपाबाट २५ जना र कांग्रेसबाट १६ जना एमाले प्रवेश गरेको एमाले आमचोक गाउँ कमिटी सचिव मिलन राईले जानकारी दिए ।

त्यस्तै सोही वडाको दुम्रेमा नेकपाबाट २७ जना नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनिहरुलाई एमाले उम्मेदवार समेत रहेका केन्द्रीय पार्टी सचिव शेरधन राईले पार्टी प्रवेश गराएका हुन् ।

आमचोक गाउँपालिका शेरधन राईको आफ्नै पालिका हो । यो ठाउँमा नेकपामा नेता कार्यकर्ता धमाधम एमाले प्रवेश गरिरहेका छन् ।