दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा बिद्यार्थीसँग छलफल गर्ने भएका छन् ।
आज बिहान ११ बजे दमक स्थित होटल कोरोनेशनमा यस क्षेत्रका बिभिन्न कलेज तथा बिद्यालयका बिद्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय भएको हो । निर्वाचन लक्षित भेटघाटको क्रममा आज पहिलो कार्यक्रम बिद्यार्थीहरुसँग छलफल गर्ने रहेको जनाइएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ नेकपा एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार बिद्यार्थीहरुका अहिलेका समस्या तथा जिज्ञासा सुन्ने छलफलमा उठेका बिषय माथि अध्यक्ष ओलीले अन्तरकृया गर्नेछन्। कार्यक्रममा यस क्षेत्रका लगभग ३ सयबढी बिद्यार्थी सहभागि रहने अनुमान गरिएको छ ।
दमकमा बिद्यार्थीहरुसँगको कार्यक्रम सपन्न गरे लगत्तै अध्यक्ष ओली आज दिनभरी नै झापाको गौरादह नगरपालिका अन्र्तगतका बिभिन्न स्थानमा मतदातासँग भेटघाटमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ । घोषित कार्यक्रम अनुसार गौरादह नपा ४ को खाङ्टामा पुगेर साढे १ बजे स्थानीयसँग भेटघाटको कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पछि सोही वडाको मियाँ टोलीमा पुगेर भेटघाट गर्नेछन् । भेटघाटको क्रममा स्थानीयका समस्या सुन्ने र समाधानको बिषयमा अध्यक्ष ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
मियाँटोलीको भेटघाट पछि उहाँले सोही वडा अन्र्तगतको ३ बजे दुर्गाचौक मजुवा पुगेर मतदातासँग छलफल गर्नेछन् । यसरी नै साढे ३ बजे फकिरढिपमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । समुहगत रुपमा भेटघाट गर्ने कार्यक्रममा स्थानीय बासिन्दाका समस्या, गुनासो सुन्ने समाधानका बिषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर मसिनो गरि जनताका कुरा सुन्ने र आफ्नो धारणा राख्दै आएका छन् ।









प्रतिक्रिया