पुलबाट हाम फालेर वेपत्ता पुष्पाकाे शव नदि किनारमा फेला

सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो ।

यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नदी माथि रहेको पक्की पुलबाट हाम फालेर बेपत्ता हुनुभएको २१ वर्षीया पुष्पा सिंह बिहीबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

पुष्पा दाङको तुलसिपुर–६ वरुवा गाउँ बस्ने ३० वर्षीय त्रिदेव मल्लकी श्रीमती हुन् । निरन्तर खोजीपछि केही समय अघिमात्र पुष्पाको शव फेला परेको र शवको घरपरिवारले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सशस्त्र प्रहरीको गोताखोरको टोली तथा विशेषज्ञ टोलीले उहाँको खोजी गरेको थियो । बनगाड कुपिण्डे नगरपालिका–६ चौतारास्थित माइतीमा आएकी पुष्पा श्रीमानसँगै पुलमा तस्बिर खिच्दै गर्दा नदीमा हाम फालेको थियो ।