धनगढी । बैतडीमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
चुनावी प्रचारप्रसारका लागि घरदैलो गर्ने क्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा परी डिलासैनी–७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते रहेका छन् ।
जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक सिंहले बताए । उनीहरूको उपचार गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
प्रहरीले रास्वपाका ५ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाइएको छ ।









प्रतिक्रिया