धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङ दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरुप्रति श्रद्धान्जली दिंदै गर्दै उनीहरुका परिवारमा समवेदना व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

पोखराबाट काठमाडौं आउदै गरेको बस गएराती धादिङको भैंसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १८ जनाको मृत्यु भएको छ । ठुलो संख्यामा यात्रु घाइते भएका छन् ।

दुर्घटनाप्रति दुख् व्यक्त गर्दै अध्यक्ष ओलीले लेखेका छन्–
पोखराबाट काठमाडौंतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैंसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराती दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ । दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेशना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना ।