ग्रेटर नेपालका संस्थापक फणिन्द्र नेपाल पक्राउ

काठमाडौं । ग्रेटर नेपाल अभियानका संस्थापक फणिन्द्र नेपाल पक्राउ परेका छन् ।

निर्वाचन आयोग बाहिर ब्यानर प्रदर्शन गरेपछि उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो ।

नेपालले कालापानी क्षेत्रमा पनि निर्वाचन गराउनुपर्ने मागसहितको ब्यानर प्रदर्शन गरेका थिए । नेपालको नक्सामा समावेश भएको क्षेत्रर्लाइ निर्वाचनमा छुटाउन नहुने नेपालको भनाइ छ ।