उपयुक्त समय आए पछि संविधान संशोधन हुन्छ : एमाले अध्यक्ष ओली

दमक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समय आए पछि संविधान संशोधन गरिने बताएका छन् ।

आफ्‌नो गृह निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा रहनु भएका ओलीले आईतबार दमकमा आयोजीत एक कार्यक्रममा अहिले संविधान संशोधनका कुरा निकालेर कोहि सुन्नेवाला पनि नरहेको उनले बताए ।
नेपाली कांग्रेससँगको सहकार्यमा सरकार भएका बेलानै ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको ओलीले स्मरण गराए। त्यस बेला परिस्थितिनै खराव ढंगबाट विकास गरिएका कारण यो विषय थाति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले उपयुक्त संविधान आए पछि संशोधन गरिने बताएका हुन् । जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरुलाई समावेश गरि संविधान संशोधन गरिने उहाँको भनाई छ ।

रास्वपा समाज भाँड्न उद्यत

एमाले अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखे पछि केहि तत्व समाज भाँड्न लागि परेको टिप्पणी गरे । रास्वपा तर्फ लक्षित गर्दै उनले रौतहटको पछिल्लो घट्ना पनि यसैको उपज रहेको बताए । चुनाव भाँड्ने, समुदायमा विद्वेष फैल्याउने, अराजकता निम्त्याउनेहरु सक्रिय हुँदै गएको भन्दै उनले यस्ता कुराहरु नेपाली समाजका लागि पाच्य नहुने बताए ।

एमाले सधै जनताको विचमा रहेको, जनताकै विचमा हुर्किएको पार्टी भएकाले जनताका विचमा जान कुनै समस्या नरहेको अध्यक्ष ओलीले बताए । तर जनताबाट अस्विकृत हुने देखिए पछि त्यस्ता तत्व समाजमा साम्प्रदायीकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता विषय तर्फ लागेको उनको भनाई छ ।

आसन्न प्रतिनिधी सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका ओली हाल आफ्‌नै निर्वाचन क्षेत्रमा व्यस्त रहेका छन् ।