रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पोखरामा आइतबार हुने भनिएको चुनावी सभा पनि स्थगित भएको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिइन् ।
चुनावी सभा स्थगित गर्नुको कारण चाहि रास्वपाले जनाएको छैन ।