पाँच वर्षको स्थायी सरकार मागेका हौँ : रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभभापति रवि लामिछानेले आफूहरुले पाँच वर्षको सरकार मागेको बताएका छन् । आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।


उनले रास्वपाले जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा लेख्ने युगलाई अन्त्य गर्ने बताए ।

उनले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ । अब बाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ । अब जनताले सजाय पाउने होइन, त्यसैले हामीले स्थायी सरकार भनेका हौँ ।’

उनले भारतसहित देशबाहिर भएकाहरूलाई छुट्टी मिलाएर भए पनि भोट हाल्न आउन आग्रह गरे । यसअघि सधैँको चुनावमा नेताले जित्दै आएको भए पनि यसपटक जनतालाई जिताएर छाड्ने बताए । उनले यो चुनावमा मत नबाँड्नको लागि मतदातालाई आग्रह गरे ।