काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् । नेता पोखरेलले घरदैलोका क्रममा टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना सुनाइरेक छन् ।
टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको उल्लेख गर्दै पार्टीले सधैं देश निर्माणका लागि काम गर्दै आइरहेको बताए ।
“एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,” पोखरेलले भने । नेता पोखरेलले एमालेलाई विजयी गराउन सबै कार्यकर्ता तथा समर्थकलाई जनताको बीचमा पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध पनि गरे । साथै, उहाँले जनताका गुनासा, आलोचना र समस्याहरू सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । नेता पोखरेलले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याए ।
घरदैलोका क्रममा नेता पोखरेलले २१ फागुनमा हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रका लागि आफूले तयार पारेका विकासका योजनाहरू जनतासमक्ष प्रस्तुत गरिरहेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धतासहित पोखरेल मत माग्न व्यस्त छन् ।










प्रतिक्रिया