भदाैरे हत्याकाण्डमा संलग्न दुई जना काठमाडौंबाट पक्राउ

विराटनगर । दुई साताअघि ओखलढुंगाको भदौरेमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

ओखलढुंगाको चिशङ्खुगढी ६ भदौरेका चन्द्र विक्रम राई र चन्द्रमाया राईको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्ने सोही स्थानका दाजुभाई रहेकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङाका प्रमुख मदन केसीले दुई जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए । उनले भने ‘हामी थप अनुसन्धान गर्दैछौँ। भोलि पत्रकार सम्मेलन गरेर सबै कुरा भन्नेछौँ । उनीहरुलाई काठमाडौंमा पक्राउ गरिएको हो । दुबैलाई ओखलढुंगा ल्याउने तयारी भएको छ ।

पक्राउ परेकाहरुको पहिचान खुलाइएको छैन । भदौरेको बोहोरेमा बसोबास गर्दै आएका ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्यापछि लुटपाट भएको थियो ।

एक महिना अगाडि सोही स्थानमा दम्पत्तीको हत्या भएको थियो । चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र पत्नी रत्नमाया थापामगरको हत्या भएको एक महिना पछि चन्द्रविर दम्पत्तीको पनि हत्या भएको थियो ।