काठमाडौं । समाजवादी प्रेस संगठनका उपत्यका प्रदेश अध्यक्ष विष्णु रैगाई प्रेस चौतारीमा फर्किएका छन् । उनलाई चौतारीका नेता विश्वमणि सुवेदी र महासचिव हिरामान लामाले आज चौतारीमा स्वागत गरेका हुन् ।
गत वर्ष उक्त संगठनका केन्द्रीय अध्यक्षसहितको नेतृत्व चौतारीमा फर्किने क्रममा उपत्यका प्रदेश कमिटीका सम्पूर्ण तत्कालीन पदाधिकारी फर्किएका थिए । आज त्यसपछि गठन भएको कमिटीका अध्यक्ष रैगाई पनि फर्किएका हुन् ।
उक्त संगठन तत्कालीन नेकपा एसको जनसंगठनका रूपमा थियोे । पार्टी माओवादी केन्द्रसहितको एकतामा गए पनि उक्त संगठन हालसम्म औपचारिक रूपमा एकतामा सामेल भएको छैन । प्रेस चौतारी पृष्ठभूमिका मुख्य मुख्य पत्रकार गत वर्ष नै अभियानकै रूपमा चौतारीमा फर्किएका थिए ।
रैगाईलाई आजै सम्पन्न प्रेस चौतारी, उपत्यका प्रदेश कमिटीको बैठकले उपाध्यक्षको जिम्मेवारी दिएको छ ।










प्रतिक्रिया