दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी फेरि दुर्गा प्रसाईं पक्राउ परेका छन्।

प्रसाईंलाई प्रहरीले आज दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालले प्रसाईंलाई पक्राउ गरेको पुष्टि गरे । उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको उनले बताए।

२ साताअघि मात्र हाजिरी जमानीमा छुटेका थिए ।