काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको भन्दै अनावश्यक स्टक नगर्न उपभोक्तालाई अनुरोध गरेको छ।
निगमले पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै फैलिएको हल्लाको पछि नलाग्न अनुरोध गरेको हाे।
निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले नेपालमा प्रतिदिन ९० बुलेट ( १ लाख १४ हजार) सिलिण्डर एलपीजी ग्यास चाहिने बताए। जसमध्ये शनिवारदेखि मंगलबारसम्म ३६५ बुलेट ग्यास लोडिङ भएको बताए ।
मंगलबारमात्रै १ लाख ६३ हजार ३ सय सिलिण्डर ग्यास भारतबाट आयात भएको छ । यी मध्ये केही बुलेटहरु बाटामा रहेको र आजै नेपाल प्रवेश गर्ने उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमार्फत अनावश्यक रुपमा ग्यासको स्टक नगरिदिन उपभोक्ताहरुलाई अनुरोध समेत गरे । चुनाव अवधिमा पनि यही रुपमा निरन्तर रुपमा ग्यास आपूर्ति हुने भट्टले बताए । केही दिन यता ग्यासकाे अभाव भएकाे भन्दै उपभाेक्ताहरु लामाे लाइन लागेर बस्न थालेका छन् ।










प्रतिक्रिया