आरोप–प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ: गाेकुल बास्काेटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा अहिलेका चुनावी चर्चा र दलहरूका दाबी सुन्दा सबै जितेको मात्र नभई एकल सरकार नै बनाइसकेको देखिएको भन्दै व्यङ्ग्य गरेका छन् । आज बिहान फेसबुकमार्फत बास्कोटाले यस्तो व्यङ्ग्य गरेका हुन्।

‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन,’ बास्कोटाले लेखेका छन्, ‘सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।

तर खासकुरा मतदातामा निर्भर रहने उनले बताएका छन् । ‘मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट होला । हो–हल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ । यो त नेपाल मामुली कुरो भैगो,’ बास्कोटाले लेखेका छन् ।