राष्ट्रपति पाैडेल जापान जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेल जापान जाँदैछन् । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेसँगै उनी भ्रमणका लागि त्यता जाने भएका हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।

कार्यक्रम माघ १८ देखि २१ गतेसम्म हुनेछ ।