कांग्रेसका सांसदहरु सर्बोच्च नजाने

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटेर संसद् पुनः स्थापनाको रिट पेसीमा चढाउन आग्रह गर्ने नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले तयारी रोकिएको छ ।

उनीहरू आज बिहान १० बजे सर्वोच्च गएर पेसीको माग गर्ने योजनामा थिए ।

विघटित प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले निर्वाचनको समयमा पुनःस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीको माहौल बिग्रने देखिएकोले सर्वोच्च जाने र पेसी माग गर्ने योजना रोकिएको बताए ।