देउवाकाे साथ खाेज्दै गगन

काठमाडौँ । अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ सभापति गगन थापाले खाेजेका छन् । यसका लागि उनले परिपत्र समेत गरेका छन् । तत्कालिन सभापति देउवाको साथ रहने विश्वास गरिएको महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा उल्लेख गरेकाे छ ।

नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र जारी गरेको छ । विशेष महाधिवेशनमा भएका हार जितको कुरा नगरी चुनावमा केन्द्रित हुन परिपत्रमार्फत आग्रह गरिएको छ ।

विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्षा गरिएको भन्दै आजसम्मका उपलब्धिलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प पार्टीले गरेको सन्देश परिपत्रमार्फत दिइएको छ ।

ुगत भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शन पछि परिवर्तित राजनीति परिस्थितको यस कठिन र संवेदनशील घडीमा हामी सबैको उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिबद्धताका साथ अघि बढ्न अत्यावश्यक छ । यो निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अत्यधिक जनमत सिर्जना गरी पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै निकायले आ(आफ्नो तहबाट कुशलतापूर्वक रणनीतिक तवरले जिम्मेवारी निर्वाह गर्नु पर्ने बेला आएको छु परिपत्रमा भनिएको छ ।