काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको हाे। आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो ।
चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गरेका छन् । उनले कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।
टिकापुर घटनामा जन्मकैदको सजाय पाएको भन्दै निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली-१ मा दिएको आफ्नो उम्मेदवारी खारेज भएपछि उनी आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए।










प्रतिक्रिया