काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च स्थानमा पुगेको हो ।
शुक्रबार सुनको मूल्य तोलामा तीन लाख एक हजार चार सय रुपैयाँ पुगेको हो । बिहीबार तोलामा २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६ हजार १९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।










प्रतिक्रिया