कांग्रेसकाे केन्द्रीय समितिकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज दिउँसो १ बजे बस्दैछ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिकाे पहिलो पटक पार्टी मुख्यालय सानेपामा बैठक बस्न लागेकाे हाे।

आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै चुनावी परिणाम आफ्नो पक्षमा पार्न कार्यतालिका बनाएर आवश्यक योजना र रणनीतिका साथ अघि बढ्ने नेताहरूले बताएका छन् ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले निर्वाचनको तयारीबारे बैठकले निर्णय लिने बताए ।

कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।