काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्ड निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका हुन् । यसअघि २०७९ को आमनिर्वाचनमा उनी गोरखा–२ बाट निर्वाचित भएका थिए ।
रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो र बलियो किल्ला मानिन्छ । ३४ हजार ७७२ मतदाता रहेको यो जिल्लामा २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए । त्यतिबेला माओवादीले नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो ।










प्रतिक्रिया