काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले मनोनयन दर्ता गराएकी छन् ।
दाहालले रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारी दिनुअघि दाहालले आज बिहानै भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् ।
मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै दाहालले भनिन्, ‘जनताले भरतपुरकी छोरीले काम गर्छे भनेर मत दिन्छन् । दुई पटक मत दिएर जिताइसके, क्षेत्र नम्बर ३ बाट पनि जिताउँछन्।’
मेयर हुँदा गरेको विकास निर्माणको कामलाई हेरेर जनताले मत दिने उनको भनाइ छ।










प्रतिक्रिया