बालेनले गरे झापा – ५ बाट उममेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आज दमकस्थित निर्वाचन अधिकृतको कार्यालय समर्थक र बाजागाजासहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

शाहको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेसराज भट्टराई समर्थक रहेका छन् । स्थानीय संस्कृति झल्किने विभिन्न झाँकी र र्यालीसहित निर्वाचन कार्यालय पुगेका शाहलाई स्वागत गर्न रास्वपाका कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा शाहको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक र त्रिपक्षीय बनाउने अनुमान गरिएको छ ।