काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले आगामी फागुन २१ गते हुने् प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि राष्ट्रियसभा सदस्यबाट राजिनामा दिएका हुन् ।
श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार बन्न लागेका छन्। श्रेष्ठ २०७६ को माघमा राष्ट्रिय सभाका लागि निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा श्रेष्ठ गोरखा २ बाट बाबुराम भट्टराईसँग पराजित भएका थिए।
२०६४ सालमा उनी संविधान सभामा मनोनीत भएका थिए। त्यस्तै २०७० सालमा उनी मकवानपुर क्षेत्र नम्बर–४ बाट उम्मेदवार भए पनि पराजित भएका थिए।










प्रतिक्रिया